काठमाडौँ , कुनै समयका निकै महंगो पारिश्रमिक लिने नायक रुपमा निकै चर्चित थिए नायक आर्यन सिग्देल तर अहिले समय परिबर्तन भएको छ उनले लिने पारिश्रमिक भन्दा पनि महंगोमा अहिले अनमोल केसी, प्रदिप खड्का,पल शाह लिने गरेका छन् ।
यस्तै माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका गरिरहेका छन् । पोखरा आसपासमा छायांकन भइरहेको फिल्ममा आर्यनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ ।
छायांकन सुरु भएदेखि उनीहरुको तस्विर सार्वजनिक गरिएको थिएन । तर, मंगलवार आर्यनले इन्स्टाग्राममार्फत् उपासनासँगको रोमान्टिक तस्विर सार्वजनिक गरेका छन् । तस्विरमा उनीहरुलाई फेवातालको किनारमा एकअर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।
आर्यनले क्याप्सनमा लेखेका छन्, ‘फेवा लेकमा तेस्रो रातको छायांकन । तालको किनारमा चिसो भइरहेको छ । तर, हामी रमाइरहेका छौ ।’ रोमान्टिक थ्रिलर जनरामा निर्माण भइरहेको फिल्ममा सलोन बस्नेत, शिवहरी पौडेल, दयाराम दाहाल, नरेश भट्टराईको पनि अभिनय छ । प्रबिन झाले निर्देशन गरिरहेको फिल्मले नायक र नायिकाबीचको उमेर अन्तरको कथा भन्नेछ ।
अर्को वर्षको साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
Comments are closed.