Nepal's First Video FM

हेर्दा हेर्दै खरानी भयो ट्याक्सी – नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी

469

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी भएको छ । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

आमहड्ताललाई शान्तिपूर्ण बनाउने बताइएपनि बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको रातोपाटीलाई जानकारी दिए ।

लगत्तै पुगेकाे प्रहरीले दमकलकाे सहायतामा आगो निभाएको हो । एसएसपी सिंहका अनुसार उपत्यकाका बिभिन्न स्थानहरुमा बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड गर्न थालेको गुनासो आएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने विरुद्ध प्रहरी चुप लागेर नबस्ने बताएका छन् ।

नेकपाकै प्रचण्ड–माधव समूहले केपी ओली नेतृत्वको अर्को समूहले भोलि काठमाडौंमा गर्न लागेको बृहत आमसभा कार्यक्रमको पूर्वसन्ध्यामा देशव्यापी आमहड्ताल आह्वान गरेका हुन् ।

You might also like

Comments are closed.