काठमाडौं- प्रहरीले नेकपा स्थायी किमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरूलाई कलंकीबाट पक्राउ गरेकाे छ। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको नेकपाले आह्वान गरेको आम हड्तालका लागि सडकमा उत्रिएका शाक्यसहित केही नेताहरुलाई प्रहरीले पक्राउ गरेकाे हो।
‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’
प्रचण्ड-माधव पक्षले आह्वान गरेकाे आम हड्तालकाे पक्षमा सडकमा आएकाे भन्दै प्रहरीले उनीहरुलाई बिहानै गिरफ्तार गरेकाे नेता विष्णु रिजालले बताए।
Comments are closed.