Nepal's First Video FM

बन्द भनेको यस्तै होला ! प्रचण्ड गाडीमा , माधब नेपाल स्कुटरमा !

490

काठमाडौं ।

हड्तालमा सवारीसाधन आवागमनमा अवरोध गर्ने गराउने निर्देशन पार्टी ‘हाई कमाण्ड’ को छ, आम हड्ताल सफल बनाउन विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन् ।

‘हाई कमाण्ड’ भनेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाल हुन्। तर, यी दुई अध्यक्ष भने अरूलाई सवारीसाधन चलाउन नदिएर आफू भने गाडी चढेर बन्द हड्तालको अनुगमन गर्न र सहभागिता जनाउन पुगिरहेका छन्।

प्रचण्ड गाडी चढेरै हिँडे भने नेपाल स्कुटरमा चढेर हिडे, प्रचण्ड खुमलटारबाट सातदोबाटो, कोटेश्वरहुँदै पुल्चोक गएर पुन: खुमलटार फर्के। उनी खुमलटारबाट गाडी चढेर सातदोबाटो आए। त्यहाँबाट कोटेश्वर पनि गाडी चढेरै गए। कोटेश्वरबाट पुल्चोक पनि गाडीमै आए।

अर्का अध्यक्ष माधवकुमार नेपाल बा ५२ प ५८१४ स्कुटर चढेर कोटेश्वर चोक पुगेका थिए। उनी कार्यकर्ताले हाँकेको स्कुटर चढेर कोटेश्वर पुगेका थिए।
नेपाल केहीबेर आन्दोलनमा सहभागी भएर खाना खान निवास फर्के। त्यसपछि पुन: कोटेश्वर पुगेका छन्। राजधानीका विभिन्न ठाउँमा आमहड्तालमा नेताहरू खटाइएका छन्।

आम सर्ब साधारण जनता लाई भने सास्थी छ ।

You might also like

Comments are closed.