Nepal's First Video FM

प्रचण्डले पलेटी कसेर बस्दै दालमोठ चिउरा खाए अनि गए (झल्को जनअन्दोलनको)

583

काठमाडाैै – देशव्यापी आमहड्ताल आह्वान गरेका नेकपा (दाहाल-नेपाल) पक्षकाे बन्दले जनता घरमै सवारीसाधन राखेर बस्न बाध्य भए। तर आफैँले बन्दको अवज्ञा गर्दै पुष्पकमल दाहाल (प्रचण्ड) भने बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर खुमलटारबाट पुल्चाेक आए।

गाडीबाट ओर्लिएर प्रचण्ड पुल्चोकको बीचसडकमा केही समय पलेटी कसेर बसे। नेतृ पम्फा भूषाल र छारी रेणु दाहाल लगायत नेताकार्यकर्तासँगै बसेर दालमोठ चिउरा खाए अनि पानीले निले।लगतै उनी सवार गाडी जावलाखेल तर्फ लाग्याे। गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गर्न पुगेकाे देख्दा सडकमा भएकाहरु भन्दै थिए, आफै बन्द गर्ने अनि आफैं माेटर चढेर आउने!

आजकाे बन्द सफल पार्न युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र बर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसालले पुल्चोकमा कमाण्ड गरिरहेका छन्। @Nepalipatrika.com

You might also like

Comments are closed.