काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए । गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए ।
उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे । उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।
Comments are closed.