फागुन २१, अवैध रुपमा बिना ईजाजत वैदेशिक रोजगार ब्यवसाय संचालन गर्दै आएका पुरुषोत्तम खड्का पक्राउ परेका छन् ।
काठमाडौंको गागलफेदी–८ स्थायी घर भइ पुतलिसडक स्थित ‘क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सल्टेन्सी’ संचालक खड्कालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरेको हो ।
विभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारेर ७ देखी १२ लाखसम्म लिने र वैदेशिक रोजगारीको लागी अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया माल्टा लगायतका देशहरुमा पठाएर अलपत्र पार्ने गरेको अपराध महाशाखाले जनाएको छ ।
कन्सल्टेन्सीमार्फत बिना ईजाजत वैदेशीक रोजगारीमा जान चाहने ब्यक्तिहरुलाई एजेन्टमार्फत सम्पर्कमा ल्याएर उनले विदेश पठाउने गरेको र आवश्यक कागजातहरु आफैं तयार पारी अवैध कार्य गर्दै आएका खड्काको साथबाट २५ थान नेपाली राहदानी बरामद गरिएको छ ।
उनलाई आवश्यक कारबाहीको लागी वैदेशिक रोजगार विभाग पठाईएको अपराध महाशाखाले जनाएको छ ।
Comments are closed.