फागुन २१, उर्लाबारी–७ बस्ने सनम शाक्यको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे जिल्लाको मण्डन देउपुर गाउँपालिका बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी–७ बस्ने ३३ वर्षीय नरेन्द्र कार्की र उर्लाबारी–५ बस्ने मोहन काफ्लेलाई दुई वटा गाडीसहित नियन्त्रणमा लिइएको छ ।
आर्थिक लेनदेन तथा एक महिना अगाडि काठमाडौँबाट हराएको वा लुटिएको ३३ किलो ५ सय ग्राम सुनको विषयलाई लिएर मृतक शाक्यलाई फागुन १८ गते कुटपिट गरी करेन्ट लगाएर उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा मारेको वयान दिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकु, काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले फागुन १९ गते विराटनगर–३ स्थित गोधली मार्गमा शंकास्पद रुपमा दक्षिणबाट उत्तरतर्फ गइरहेको सेतो रङको स्कारपियो गाडी जाँच गर्दा सोही गाडीमा मृतक शाक्यको शव भेटिएको थियो ।
उक्त शवसँगै करेन्ट लगाउन प्रयोग गरिएका तार जोडिएका ब्याट्रीसमेत फेला पारेको थियो ।
Comments are closed.