काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२१ संस्करणको अक्शनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ।
नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
यीमध्ये लामिछानेले यसअघि आईपीएल खेलिसकेका छन्। यसपटक क्यानमार्फत नै आठै जना खेलाडीले आफ्नो नाम आईपीएलका लागि दर्ता गराएका हुन्। आईपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ। आईपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्।
नाम दर्ता गराउनेमा भारतका ८१४ अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडी छन्।
Comments are closed.