Nepal's First Video FM

१६ दिनदेखि बेपत्ता गंगामायाको श्रीमानबाटै हत्या भएको खुलासा

617

फागुन २१, १६ दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका-३ सिलौतिका ४२ वर्षीया गंगामाया सुनुवारको श्रीमानले हत्या गरेको खुलासा भएको छ ।

फागुन ५ गतेदेखि घरमा नरहेको छिमेकीले प्रहरीमा उजुरी दिएको आधारमा उनका श्रीमान ६१ वर्षीय टेकबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा आफैले श्रीमतीको हत्या गरेको स्वीकारेको हो ।

सामान्य घरायसी बिवादमा टेकबहादुरले गंगामायालाई चिरपटले हानेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । श्रीमतीको हत्यापछि टेकबहादुरले घरनजिकैको बारीमा लगेर गाडेको बताए ।

लास गाडेको ठाउँमा उत्खनन् गरेर हेर्दा गँगामायाको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताए । घटनाबारे जिल्ला अदालत पाँचथरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

You might also like

Comments are closed.