संगीता राई
फागुन २१, टोलाँउदै होला कोही बोलाउदै होला कोही
डाँडा पारीको गाँवैमा
आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा
टोलाँउदै होला कोही बोलाउदै होला
कोही डाँडा पारीको गाँवैमा ।।।
साच्चिकै गीतको पहिलो अंशमै कति प्रेमिल शब्दहरु छन्, यो गीत पनि गायक सुनिल गिरीका अन्य गीतहरु जस्तै धेरैले रुचाइएको छ । आज (5 Mar 2018) मात्र सार्बजनिक गरिएको उक्त गीतमा ७,५८६ जनाले हेरिसकेका छन् भने २ सय ८ जनाले गीतको बारेमा प्रतिक्रिया दिएका छन् ।
धेरैको मनमुटुमा बस्न सफल प्रतिभाशाली एवं चर्चित गायक सुनील गिरीको स्वरमा ‘को होला त्यो ३ (टोलाउदै होला)’ गीतको म्युजिक भिडियो गायक गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेका छन् ।
गायक गिरीको आफ्नै शब्द, संगीत र स्वरमा गित ‘को होला त्यो’ र ‘को होला त्यो २ (तिमी औछ्यौकी)’ को अपार सफलतापछि ‘को होला त्यो ३ (टोलाउदै होला)’ बजारमा ल्याएका छन् ।
चर्चित मोडल तथा नायक पल शाह र क्रिस्टिना थापाको फिचरिंग रहेको छ । ‘को होला त्यो’ र ‘को होला त्यो २’ देखि ‘को होला त्यो ३’ आइपुग्दासम्म निरन्तर रुपमा पल शाहकै अभिनय देख्न सकिन्छ ।
यो म्युजिक भिडियोमा सिक्किमका सुन्दर, मनोरम दृश्यहरु देखाइएका छन् । माया प्रेम, सुन्दर प्रकृति, डाडापाखा, उकाली ओराली तथा नेपाली प्रकृतिलाई झल्काउने किसिमका सिर्जना गर्ने प्रकृति प्रेमी गायक गिरीले ‘को होला त्यो ३ (टोलाउदै होला) मा पनि त्यस्तै बिषयवस्तुलाई समेटेको छ ।
Comments are closed.