एजेन्सी-भारतीय स्टार प्रभाष यतिबेला कैयौँ फिल्मका कारण चर्चामा नै छन् । उनको फिल्मसँगै प्रेमजीवनको पनि चर्चा हुने गरेको छ । प्रभाष दक्षिण भारतीय फिल्मको ‘हेण्डसम ब्याचलर’ हुन् ।
प्रभाषको नाम तेलुगु फिल्मको ‘लेडी सुपरस्टार’का रुपमा परिचित अनुष्का सेठ्ठीसँग जोडिँदै आएको छ । उनीहरु प्रेममा रहेको चर्चा चले पनि दुवैले यो विषयमा केही बोलेका छैनन् । यही परिप्रेक्ष्यमा प्रभाषसँग जोडिएको एक नयाँ खबर सार्वजनिक भएको छ । जुन खबरले उनका फ्यानहरु चकित परेका छन् । जानकारीमा आएअनुसार प्रभाष चाँडै विवाहको तयारीमा छन् । तर उनको विवाह भने अनुष्कासँग नभई एनआरआई युवतीसँग हुँदैछ ।
प्रभाष अमेरिकास्थित एक सफ्वेयर कम्पनीको संस्थापकको छोरीसँग विवाह गर्दैछन् । जसका लागि दुवैका परिवारसँग कुराकानी भइसकेको छ । ती युवतीसँग विवाहका लागि प्रभाषले ग्रीन सिग्नल पनि दिइसकेका छन् । प्रभाष आफ्नो नयाँ फिल्म ‘राधे श्याम’ रिलिज पछि दुलाहा बन्ने तयारीमा छन् । यो कुराको प्रभाषले पुष्टि नगरे पनि यसै वर्ष उनले विवाह गर्ने उनी निकटकाले सञ्चारमाध्यमलाई सूचना दिँदै आएका छन् ।
Comments are closed.