Nepal's First Video FM

आजदेखि राजदूत डा. खतिवडाले कार्यभार सम्हाल्ने

319

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आज सोमबारबाट आफ्नो कार्यभार सम्हाल्ने भएका छन। पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगतत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबारदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।

भने ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएको छ। अमेरिका आईपुग्ने वित्तिकै एयरपोर्टमा महावाणिज्यदूत प्रेमराजा महत र दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए। आजबाट कार्यभार सम्हाले पनि राजदूत खतिवडाले एकसाता क्वारेन्टाईनमा बस्ने महावाणिज्यदूत महतले नागरिकन्यूजलाई बताए।

प्रधानमन्त्रिका अति विश्वास पात्र नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्चातरमन्त्री, नेपाल राष्ट्रबैंकका गर्भनर, राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन।

निवर्तमान राजदूत डा. अर्जुन कार्कीले ६ वर्षे कार्यकाल विताएर नेपाल फर्केका हुन।

You might also like

Comments are closed.