काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् ।‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ’ उनले भने ।
ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाए । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।
Comments are closed.