Nepal's First Video FM

केपी ओलीको प्रतिगमनविरुद्ध अब जनताले सिंहदरबार र बालुवाटार घेर्छन् : प्रचण्ड

445

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परेमा जनताले अब सिंहदरबार घेर्ने बताएका छन् ।

राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध जनताले सिंहदरबार र बालुवाटार घेर्ने बताएका हुन् ।

‘केपी ओलीजी देख्नुभयो सभा कस्तो हुन्छ । जनताले तपाईंको चरित्र बुझेका छन् । अब तपाईंले आफ्नो कदम सच्याउनुभएन भने जनताले बालुवाटार र सिंहदरबार घेर्नेछन्,’ उनले भने ।

सर्वोच्च अदालतले अब छिट्टै संसद पुनर्स्थापनाका पक्षमा फैसला गर्ने उनले विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.