काठमाडौं । ललितानिवास काण्डका मुख्य योजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइएको छ ।
विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।
उहाँलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताउनुभयो । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियो ।
विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।
Comments are closed.