सूर्य थापा भन्छन – ‘पाप र धर्मको कुनै हिसाबकिताब हुने हो भने त सबैभन्दा पहिला माधव नेपाल नर्कमा जानुहुन्छ’
काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख जनता उतारेर सिंहदरबार र बालुवाटार घेर्ने भनेर हिजो दिएको अभिव्यक्तिले आफूहर डरले थर्रथर्र नकाँप्ने टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पाप र धर्मको हिसाबकिताब हुने हो भने त सबैभन्दा पहिले माधवकुमार नेपाल नर्कमा जाने पनि कडा टिप्पणी गरेका छन्।
पाप यसरी लाग्छ ? होलीवाईन प्रकरणका मूल व्यक्तित्व उहाँ नै हुनुहुन्छ । उहाँ चाहीँ क्रिश्चियन धर्मको प्रचार गर्ने संस्थाको तर्फबाट ३६ पटक विदेश भ्रमण गर्ने व्यक्ति हो । नेपालमा मुनको संस्थालाई ल्याउने व्यक्ति नै उहाँ हुनुहुन्छ । उहाँलाई अहिलेको हाम्रो संविधान पचेको छैन् । सनातनदेखि मानि आएको धर्म र मान्यताका सन्दर्भमा उहाँलाई मन परेको छैन । नेपालको धर्म, सस्कृति र रीतिरिवाज मन पर्दैन् । उहाँले आफूप्रति उठेका जनताका प्रश्नको जवाफ दिनुपर्छ । पाप त उहाँको धुरीबाट कराउनेवाला छ नि । स्रोत रिपोटर्स नेपाल
Comments are closed.