Nepal's First Video FM

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ खुल्यो, पुरा जानकारी सहित

468

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबारदेखि खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो ।

यसमा ९०.५ प्रतिशत० ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत ९२० हजार कित्ता० सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ ।पछिल्लो समय आइपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेपछि आइपिओ पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १० कित्ताका दरले आइपिओ भाग लगाउँने हो भने यसमा जम्मा ३७ हजार ५ सय जना लगानीकर्ताले मात्र हात पार्ने देखिन्छ ।

यसकारण महिलाको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुन्छ । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ । फागुन २ गतेसम्म सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.