Nepal's First Video FM

पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

480

फागुन २२, नेपाल भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

होटेल हायातमा मंगलबार भएको भेटपछि सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान नेपाल र पाकिस्तान दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा आफूहरुबीच छलफल भएको बताए ।

करिब ४५ मिनेट भएको भेटवार्तामा आर्थिक एवं व्यापारका विषयलाई सुदृढ गरेर लैजाने विषयमा विचारविमर्श भएको उनले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दुईपक्षीय एवं बहुपक्षीय विषयमा छलफल हुँदा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउन सबै सदस्य राष्ट्रले पहल गर्नुपर्नेमा जोड दिइएको बताए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.