Nepal's First Video FM

झलनाथ खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा : राजदूत निलाम्बर आचार्यले भेट

444

काठमाडौं । नियमित स्वास्थ्य परिक्षणका लागि भारतको राजधानी दिल्ली पुगेका नेकपा प्रचण्ड-माधव पक्षका बरिष्ठ नेता झलनाथ खनाललाई दिल्लीको एपोलो अस्पतालमा राखिएको छ ।

दिल्लीस्थित नेपाल राजदूत निलाम्बर आचार्यले एपोलो अस्पतालमै पुगेर पूर्वप्रधानमन्त्री खनाललाई भेट गरेका छन् । भेटमा खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले जनाएका छन् ।

खनाल नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार दिल्ली प्रस्थान गरेका थिए ।

You might also like

Comments are closed.