Nepal's First Video FM

‘पद्मावत’को पहिलो दिनको कमाइ कति ?

645

माघ १२, अनेकौं विवादका बीच सार्वजनिक भएको बलिउड फिल्म पद्मावतले पहिलो दिन बिहीवार २३ करोड भारुको राम्रो व्यापार गरेको छ ।

रणवीर सिंह र शाहिद कपूरको कुनै पनि फिल्मले पहिलो दिनमा यत्ति धेरै पैसा कमाएको यो प्रथम अवसर हो ।

भारतका तीनवटा राज्यमा फिल्ममाथि प्रतिबन्ध लगाइएको भएपनि देशका अन्य भागमा दर्शकको उत्साह फिल्मप्रति देखियोे । फिल्मले प्रतिबन्ध नखेपेको भए झन् बढी पैसा कमाउने थियो होला ।

दुई अर्ब भारुमा बनेको पद्मावतलाई हिट फिल्म घोषित गर्नका लागि यसले कम्तीमा दुई अर्ब भारु कमाउनुपर्ने हुन्छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.