Nepal's First Video FM

सहमति पश्चात कैदीबन्दीको आन्दोलन टुंगियो

520

फागुन २२, नाइकेहरुलाई आवश्यक छानबिन गरी कारवाही गर्ने र जेलभित्रका व्यवस्थापकीय पक्षमा सुधार गर्ने सहमतिपछि जिल्ला कारागार काभ्रेपलाञ्चोकका कैदीबन्दीको आन्दोलन टुंगिएको छ ।

दैनिक उपभोग्य वस्तुको बढी रकम लिएको र जेलभित्रको व्यवस्थापनमा प्रशासनले ध्यान नदिएको भन्दै कैदीबन्दीले सोमबारदेखि कारागारभित्र आन्दोलन गरेका थिए ।

चौकिदार, मूल नाइके, नाइके र सहनाइके आफूले मात्रै सुविधा लिएको तर अरुको व्यवस्थापन र समस्यामा ध्यान नदिएको भन्दै कैदीबन्दीले सात नाइकेलाई भित्रै थुनेर राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले कैदीबन्दीले राखेका माग नाइकेलाई स्थानान्तरण र कारवाही गर्नेबारे आवश्यक छानबिन गर्ने तथा जेलभित्रको व्यवस्थापनको कामलाई तत्काल अगाडि बढाउने सहमतिपछि कैदीबन्दीले नाइकेलाई छाडेका थिए ।

कैदीबन्दीले थुनेर राखेका नाइकेलाई छुटाएर राखेपछि प्रशासनले उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि छुट्टै राखेको छ । जिल्ला कारागार काभ्रेमा हाल २ सय ४६ जना कैदीबन्दी राखिएको छ ।

You might also like

Comments are closed.