Nepal's First Video FM

राजेश हमाल, अनुपविक्रम शाही र पल शाह ‘सत्यम’मा दमदार इन्ट्री ! मिल्ला त दर्शकको साथ ?

593

काठमाडौं,‘सत्यम’ निर्माण टिमले पल शाहलाई अनुबन्ध गरेको छ । निर्देशक शंकर कार्कीले अडिसनको सूचना सेयर गर्ने क्रममा कलाकारको रुपमा पल शाहको पनि नाम राखेका छन् ।

उनले पोखरा अडिसनको जानकारी सार्वजनिक गर्दै कलाकारको नाममा राजेश हमाल र अनुपविक्रम शाहीसँगै पलको नाम पनि उल्लेख गरेका हुन् ।निर्माण टिमले यस अघि नै राजेश हमाल र अनुपविक्रम शाहीलाई फिल्मका लागि अनुबन्ध गरेको खबर सार्वजनिक गरिसकेको थियो ।

राजेश हमालले ३० वटा स्क्रिप्टपछि ‘सत्यम’ मन पराएपछि यो फिल्म गर्न लागेको बताइएको थियो । पल शाह भने पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छन् । उनले दिनकै एउटा भिडियो खेल्ने गरेको चर्चा बजारमा छ । निर्माण टिमले पलको जोडीको रुपमा उपासना सिंह ठकुरीसँग कुरा भइरहेको जनाएको छ ।

फिल्मका बाँकी कलाकारका लागि भने निर्माण टिमले काठमाडौंसँगै पोखरा, बुटबल र झापामा अडिसन गर्ने जनाएको थियो ।

You might also like

Comments are closed.