Nepal's First Video FM

जमेको जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई ! प्रेम दिवश शुभकामना !!

456

काठमाडौ । जमेको जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई नेपालका चर्चित कलाकार हुन् । रंगमञ्चमा परिचित हुँदै अहिले म्युजिक भिडियोमा जमेको जोडी हो यो ।

जीवन्त अभिनयका कारण दुवै अहिले फिल्ममा पनि जमिरहेका छन्। रामेछापकी बर्देवासँग बीस महिनाअघि हेटौँडाका भट्टराईले लगनगाँठो कसे। साढे पाँच वर्षअघि मण्डला थिएटरबाट सुरु भएको उनीहरुको अन्तरजातीय प्रेम बिहेमा परिणत भएको हो।

जीवन र लक्ष्मीलाई हेर्दा लाग्छ, उनीहरु श्रीमान्–श्रीमती कम, साथीसाथी ज्यादा हुन्। दुवैले यो कुरा स्वीकारे। लक्ष्मीलाई सोधियो जीवन तपाईंका लागि कस्तो श्रीमान् ? उनले जवाफ दिइन्, ‘ऊजस्तो त संसारमै छैन होला। एकदमै बुझ्ने। बिहेलाई मान्छेहरु बन्धनका रुपमा लिन्छन् तर म अझै स्वतन्त्र चरी भएर आकाशमा उड्न पाइरहेजस्तो लाग्छ।

मेरो हरेक आवश्यक कुरामा उसले असहमति जनाउँदैन।’ जीवनको बुझाईपनि उस्तै रह्यो । अहिलेपनि उनीहरु प्रेमी प्रेमिकाको भूमिकामा म्युजिक भिडियोमा खेल्छन् । जोडी खुबै जमेको छ । तर लक्ष्मी जीवनको मनमा भित्रिइन् तर घरमा भित्रिन सकेकी छैनन् ।

उनीहरुले माघ २९ गते एनिभर्सरी मनाएछन् । यो जोडी टिकटकमा समेत खुबै जमेको छ ।

You might also like

Comments are closed.