Nepal's First Video FM

विनयजङ्ग बस्नेत विरुद्ध सपनाले दिइन् जाहेरी ! प्रहरीले उनको खोजी गरिरहेको छ।

716

काठमाडौं । विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

जाहेरी दर्ता भइसकेको छ। पक्राउ पुर्जी लिन टोली अदालत गएको छ,’ एसएसपी सिंहले भने,’पुर्जी आएपछि उनलाई पक्राउ गर्छौं।’

सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएको उनले बताए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

You might also like

Comments are closed.