काठमाडौं, स्वीमिङ पुलमा नायिका विश्वकर्मा । स्वीम सुट अनि कालो चश्मा । हातमा रातो गुलाब ।विश्वकर्माले आकर्षक तस्बिर राखेर प्रश्रण दिवसको शुभकामना दिएकी छिन् ।
आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको पूmल तथा विभिन्न उपहार आदानप्रदान गरी दिवस मनाउने गरिन्छ । क्रिष्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन् २६९ देखि हो ।
सन् २६९ फेब्रुअरी १४ का दिन दिइएको मृत्युदण्डअघि पादरी भ्यालेन्टाइनले अन्तिम इच्छाको रुपमा आफ्नी प्रेमीकालाई प्रेमपत्र लेखेका थिए । त्यही दिनको सम्झनामा र उनीहरुको अमर प्रेमको सम्झनामा उनैको नामबाट मनाउन थालिएको प्रणय दिवस विश्वभर चर्चित बनेको हो ।
दिवस नेपालमा भने केहि वर्षयता मात्र चर्चित बनेको हो । युवा पुस्तामा बढी लोकप्रिय रहने यो दिवसका दिन नयाँ प्रेमी प्रेमिकालाई प्रेम प्रस्तावप राख्ने दिनका रुपमा पनि लिने गरिन्छ ।
Comments are closed.