Nepal's First Video FM

२३ जना सवार नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना गम्भीर घाइते !

792

काठमाडौं । बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलास्थित फागुन ३ गते नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन ।

उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको हो । गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको छ ।स्रोत जनबोली

You might also like

Comments are closed.