Nepal's First Video FM

सालको पातका गायक कुलेन्द्र बिश्वकर्माले गाएको नया गीत छोटो समयमै चर्चामा

469

लोकदोहोरी क्षेत्रमा डेढ दशकदेखी सुमधुर आवाज मार्फत राज गरिरहेका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गित ‘जुनकिरी’ सार्वजानिक भएको छ । हजारौँ चर्चित लोक दोहोरी गितमा स्वर दिएका कुलेन्द्रको यसअघि ‘सालको पात टपरी’ बोलेको गित सर्वाधिक हिट भएपछि कुलेन्द्रले ‘जुनकिरी’ एल्बम बजारमा ल्याएका हुन् । कुलेन्द्र विश्वकर्माको आफ्नै अफिसियल यूटुब च्यानल मार्फत गितको अडियो र भिडियो सार्वजानिक भएको हो । सार्वजानिक भएको छोटो समयमै गित सर्वत्र चासो र चर्चाको रुपमा हेर्न थालिएको छ ।
गायक विश्वकर्माको जादुमय स्वरमा सजिएको गितमा सुगम संगितकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । प्रल्हाद सुवेदीको शव्द संकलन र योगेश काजीको संगित संयोजनमा गित बजारमा आएको हो । गायक विश्वकर्मा र सर्जक सुवेदीको सहकार्यमा यस अगाडि ‘नजाउ है सानु पँधेरीमा’ बोलको गित नेपाली लोकगित साँगितिक क्षेत्रमा अत्याधिक सफल मानिन्छ । विश्वकर्मा र सुवेदीको सहकार्यमा तयार भएको ‘जुनकिरी’ लाई अहिले नेपाली लोक दोहोरी क्षेत्रमा निकै चासो र चर्चाको रुपमा हेरिएको छ ।

यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा गायक कुलेन्द्र सँगै नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका निता ढुङगानाको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन मौसम हिमाली ले गरेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।
गितको म्युजिक भिडियो हेर्नुहोस्…

You might also like

Comments are closed.