फागुन २२, सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका एक भारतीयलाई ४५ लाख नेपाली रकम र गाडीसहित प्रहरीले पक्राउ गरी मंगलबार यहाँ सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्ला फारबीसगञ्ज–१ बस्ने ४५ वर्षीय नारायण साह छन् ।
भारतीय कारको सिटमुनि विशेष स्थान बनाई उक्त रकम ल्याइरहेका अवस्थामा प्रहरीले जाँचका क्रममा विराटनगर–१५ बाट साहलाई पक्राउ गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले कुन प्रयोजनका उक्त रकम नेपाल ल्याइएको हो भन्ने सम्बन्धमा अनुसन्धानपछि सम्पत्ति सुदृढीकरण वा राजश्व अनुसन्धान विभाग काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाइने बताए ।
उनले उक्त रकम हुण्डी कारोवारको रकम हुन सक्ने आशंका व्यक्त गरे । रासस
Comments are closed.