Nepal's First Video FM

हरियो स्टिकरविनाका सवारी साधनमा रोक

321

फागुन २२, सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाँंैं, प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं”, उहाँले भन्नुभयो ।

उहाँले काठमाडौँमा मानव शरीरले भोग्न सक्नेभन्दा आठ गुणाभन्दा बढी प्रदूषण रहेकाले प्रदूषण हटाउनका सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.