एजेन्सी – अमेरिकालाई इराकमा शान्ति स्थापना गर्न थप चुनौती बढ्दै गएको छ। विभिन्न सशस्त्र समूहले हिंसा जारी राखेकाले सशस्त्र समूह आईएसआईएसविरुद्ध लड्न इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि निरन्तर भइरहेका हमलाका कारण सुरक्षा व्यवस्था मिलाउन थप चुनौती भएको हो।
राष्ट्रपति जो बाइडेन प्रशासनलाई इराकमा तैनाथ सुरक्षा निकायलाई सरकार समर्थित सेनासँग मिलेर आईएसआईएसविरुद्धका गतिविधि सञ्चालन थर्न थप चुनौती भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
इराकको एरबिल सहरको विमानस्थल नजिकै रहेको अमेरिकी सेनाको ब्यारेकलाई लक्षित गर्दै रकेट हमला भएका छन्। बिहानको समयमा भएको हमलामा एक जना सर्वसधारणको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ। तर विद्रोहीले भने अमेरिकी सेनामाथि ठूलो क्षति भएको दावी गरेको छ।
सन् २०१४ देखि इराकमा खटिएको अमेरिकी सेनाको टोलीमाथि विद्रोहरुले लगातार निसाना बनाउँदै आएका छन्। आक्रमणको आलिया अल डम समूहले जिम्मा लिएको अलजजिराले जनाएको छ। सन् २०१९ देखि इराकमा पश्चिमी सैन्य प्रतिष्ठान वा कूटनीतिक नियेगहरुमा विभिन्न सशस्त्र समूहले आक्रमण गर्दै आएका छन्।
Comments are closed.