काठमाडौं । अन्ततः गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकारेकी छिन् । फेसबुकमा औंठीसहितको तस्विर पोस्ट गर्दै उनले दुई वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन् ।
इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’
इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।
उनको प्रेम सम्बन्धलाई लिएर गसिप चल्न गर्थे ।
Comments are closed.