Nepal's First Video FM

भागरथी बलात्कारपछि हत्याको १७ दिन: महाकालीमा अन्त्येष्टि

349

बैतडी – बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका –७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको १७ दिन पछि आज दाहासँस्कार गरिएको छ। दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।

भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको जनाइएको छ। भागरथीको शव जिल्ला अस्पतालमै राखिएको थियो। गत माघ २२ गते विभत्स हत्या गरिएको अवस्थामा उनको शव भेटिएको थियो।

घटनामा संलग्नको पहिचान हुनुपर्ने मागगर्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। प्रहरीले बुधवार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। भट्टले भागरथीको बलात्कार पछि आफैले हत्या गरेको बिहीवार प्रहरीसमक्ष बयान दिएपछि आफन्तले शव बुझ्न मानेका हुन्।

You might also like

Comments are closed.