काठमाडौं, अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोमा पहिलो रोजाईकी मोडल हुन् आँचल शर्मा । बजारमा सार्वजनिक भिडियो हेर्दा यही देखिन्छ ।
आँचलको भिडियोमा जुन हिसाबले लक लागेको छ त्यही लक फिल्ममा भने देखिन्न । पल शाहसँग जोडी हुँदासम्म उनले पलसँगै केही फिल्म गरेकी थिइन् तर पलसँग छुटेर उदिपसँग विवाह गरेपछि उनले नयाँ फिल्म साइन गरेको खबर छैन । विवाह अघि काम सकेको ‘झिंगेदाउ’ मात्र उनको हातमा रहेको फिल्म हो ।
सँगैका समकालीन अभिनेत्री यतिबेला छानी छानी फिल्म साइन गरिरहेका छन् । स्वस्तिमा खड्कासँग एक वर्षलाई समय छैन । वर्षा राउतको हातमा पनि फिल्मको कमी छैन । वर्षा ‘२ नम्बरी’को सुटिङ सके लगत्तै ‘के घर के डेरा’मा व्यस्त हुनेछन् भने ‘नाइँ नभन्नू ल’को छैटौं संस्करणका लागि निर्माण टिमले उनीसँग एक चरण कुरा गरिसकेको छ ।
आँचलले मिलन चाम्सलाई लिएर फिल्म बनाउन लागेका खबर पनि छुस्स आएको थियो । तर, त्यो म्युजिक भिडियो खेलेको बेलाको समाचार हो । मिलन चाम्सले निर्देशन गरेको भिडियोमा आँचलले खेलेकी थिइन् ।
अनि मिलन चाम्स नबनाए पनि फिल्म बनाउने घोषणा गरिरहने निर्देशक हुन् । आँचलले उनलाई लिएर फिल्म बनाउने घोषणा पनि, यस्तै कुराको निरन्तरता मात्र हो भनी बुझ्ने मान्छेको कमी छैन ।
पललाई छाडेर बीचमा उनले आकाश श्रेष्ठसँग ‘ब्ल्याक’खेलेकी थिइन् तर यो फिल्म बजारमा चलेन । योबाहेक आँचलले दर्शक तथा निर्माता÷निर्देशकलाई प्रभावित गर्नेगरि अभिनय कौशल पनि देखाउन सकेकी छैनन् । यही कारण पनि आँचल फिल्मका लागि धेरैको नजरमा परेकी छैनन् ।
Comments are closed.