Nepal's First Video FM

रमेशको स्वर रहेको, किरणको ‘मान्छे’ भिडियो सार्वजनिक

374

काठमाडौँ – अमेरिकाको भर्जनिया राज्य निवासी गायक रमेश कडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘मान्छे’ सार्वजनिक गरेका छन्।
मानविय संवेदना र जीवन दर्शनको भाव अभिब्यक्त यस गीतमा वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रहेको छ भने किरण कडेलको संगीत र संगीत संयोजन रहेको छ।

कलात्मक तरिकाले निर्माण गरिएको यस भिडियोमा वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा, धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको जिवन्त अभिनय देख्न सकिन्छ।

राजधानीको पशुपतिनाथ मन्दिर वरपर छायांकन गरिएको यस भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ। भिडियोमा दिन्शन शाहको सम्पादन रहेको छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

एउटा स्तरिय सिर्जनामा जोडिन पाएकोमा गायक कडेलले आफु भाग्यशाली रहेको बताएका छन्। यस अघि गायक कडेलको स्वरमा रहेको ‘ईमेल इन्टरनेट’ लगायत थुप्रै गीतहरु चर्चित छन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक कडेलले सबैलाई आग्रह गरेका छन्।

You might also like

Comments are closed.