काठमाडौँ , अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले हालै छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ मा सँगै काम गरेका छन् ।
शुक्रवार साम्राज्ञीले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् फिल्मको सेटमा खिचेका पुष्पसँगका रोमान्टिक तस्विरहरु साझेदार गरेकी छन् । जसमा उनीहरु पोखराको एक होटलको छतमा बनाइएको स्विमिङ पुलमा फिल्मका लागि सिन दिँदै देखिएका छन् ।
तस्विरमा पुष्प टपलेस छन् । माघको जाडोमा फिल्मको छायांकन भएका कारण स्विमिङ पुलमा सिन दिँदै गर्दा साम्राज्ञी र पुष्पलाई निकै जाडो महशुस भएको तस्विर हेर्दा अनुमान गर्न सकिन्छ ।
तस्विरको पुष्ठभूमिमा चाँदीझैँ टल्किएको हिमाल पनि देख्न सकिन्छ । साम्राज्ञीले पुष्पसँगका तस्विर सार्वजनिक गर्दै आफ्नो कामको आनन्द लिने मान्छेले जे पनि गर्न सक्ने उल्लेख गरेकी छन् ।
यो फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् ।
Comments are closed.