फागुन २२, अर्घाखाँचीमा विजुलीको लाइन छिनमै आउने र छिनमै जाने समस्याबाट स्थानीय बासिन्दा हैरान बनेका छन् । विजुली दिनमा १२ पटक भन्दा बढी जाने र आउने समस्याले यहाँका उद्योगी, व्यवसायी, आम सर्वसाधारण आजित बनेका हुन् । ‘दैनिक यति समय लोडसेडिङ हुन्छ भने त काम गर्न सजिलो हुन्थ्यो ।’ सन्धिखर्कका स्थानीय नारायण विसी भन्नुहुन्छ, ‘यसरी बत्ति जाने र आउने गर्दा समस्या भोग्नु परेको छ ।’
साना उद्योग, फर्निचर र कुटानी पिसानी मिल मात्र हैन पटक–पटक जाने लाइनका कारण जिल्लामा सञ्चालित ६ वटा रेडियोहरु पनि समस्यामा परेका छन् । दैनिक १२ घण्टासम्म लाइन नआउने गरेको स्थानीयको गुनासो रहेको छ ।
साबार : अर्घाखाँची डट कम
Comments are closed.