माघ १२, दक्षिण कोरियाको मिरयाङ शहरस्थित एक अस्पतालमा आगलागी हुँदा जलेर कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।
त्यहाँको सरकारी समाचार संस्था योन्हापले यसको जानकारी दिएको छ । एक महिनाभित्र दक्षिण कोरियामा आगलागीको यो दोस्रो घटना हो ।
राष्ट्रिय अग्निनियन्त्रक निकायका अनुसार, ६ तल्ले अस्पतालमा पहिलो तल्लामा आगो लाग्न शुरु भएको थियो । एजेन्सीका अनुसार, दुर्घटनामा घाइते भएका मानिसमध्ये १३ को हालत गम्भीर छ ।
घाइतेहरूको गम्भीर स्थितिलाई देख्दा मृतकहरूको संख्या बढ्ने सम्भावना छ । राष्ट्रपति कार्यालयले बताएअनुसार, राष्ट्रपति मून जे–इनले स्थितिको जानकारी लिनका लागि सल्लाहकारहरूका साथ संकटकालीन बैठक गरे । प्रहरीले घटनाका बेलामा अस्पतालमा २०० मानिस भएको जानकारी दियो ।
Comments are closed.