Nepal's First Video FM

तोलामा ८०० रुपैयाँ बढ्यो सुनको भाउ !

36

काठमाडौँ : अघिल्लो साता निरन्तर गिरावट आएको सुनको भाउ यस साताको पहिलो दिन आइतबार भने बढेको छ ।

गत साता शुक्रबार तोलामा ८८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ८०० रुपैयाँले बढेर किनबेच गर्न सकिनेछ ।

स्थानीय बजारमा आज ८९ हजार रुपैयाँमा छापावाल सुनको कारोबार गर्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोही परिमाणको तेजावी सुनलाई भने प्रतितोला ८८ हजार ५५० रुपैयाँ पर्नेछ । 

यता, चाँदीको भाउ पनि बढेको छ । शुक्रबार प्रतितोला एक हजार ३०५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीलाई आज एक हजार ३३० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.