Nepal's First Video FM

नेत्रविक्रम चन्द समूहसँग हुने भनिएको वार्ताले विरोधीलाई छटपटी: प्रधानमन्त्री केपी ओली

592

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धीत नेकपा चन्द समूहसँग हुने भनिएको वार्ताको कुराले विरोधी पक्षलाई छटपटी भइरहेको बताएका छन् ।
पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन् । उनले फरक राजनीतिक बाटोमा रहेका समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहो¥याउन आफूले पहल गरिरहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने दाबी समेत गरेका छन् । ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री ओलीले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको दाबी पनि गरे ।

You might also like

Comments are closed.