फागुन २२, राष्ट्रियसभाको मंगलबारको बैठकले ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । समिति बढीमा नौ सदस्यीय हुनेछ ।
समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समिति सदस्यका नामावली यस प्रकार छन् ।
गणेशप्रसाद तिमिल्सिना
परशुराम मेघी गुरुङ
दिलकुमारी थापा
सुरेन्द्रराज पाण्डे
राधेश्याम अधिकारी
दीनानाथ शर्मा
जीवन बुढा
प्रमिला कुमारी
वृषेशचन्द्र लाल छन् ।
यसअघि खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेको थियो । सो प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन थिए ।
राष्ट्रियसभा अध्यक्ष निर्वाचन बुधबार
बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तोकेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए ।
Comments are closed.