Nepal's First Video FM

सर्वोच्चले छाड्न आदेश दिएलगत्तै फेरी पक्राउ परे विप्लव नेता : धर्मेन्द्र बाँस्तोला

424

काठमाडौ । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो ।

उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ । उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरि काभ्रे पठाउने तयारी भइरहेको परिसरले जनाएको छ । पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।

सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.