फागुन २२, जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनोटमा वेस्टइंडिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन्। गेलले ७८ बलमा ८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। गेल ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १२३ रनको अवस्थामा आउट भएका थिए। वेस्टइंडिज ३१ ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएर क्रिजमा छ ।
टस जिटेर पहिले ब्याटिङ गरेको वेस्टइंडिज दाबेदार टिमका रूपमा रहेको छ।
स्रोत : थाहा खबर
Comments are closed.