Nepal's First Video FM

आज एकै दिनमा सुनको मूल्य ११ सयले बढ्यो

4

काठमाडौं । मंगलबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ११ सयले बढेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज बढ्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार १०० रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैया रहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढ्दै प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.