Nepal's First Video FM

प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् – जन्म उत्सबको शुभकामन !

6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो ७०औं जन्मदिन मनाउँदैछन् । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा उनी जन्मेका थिए । ओलीका बुवा मोहनप्रसाद अहिले ९१ वर्षमा हिंडिरहेका छन् । आमालाई भने उनले सानै उमेरमा गुमाएका थिए ।

ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । झापा आएपछि ओली कम्युनिष्ट राजनीतिमा होमिए । २०२२ सालबाट राजनीतिमा सक्रिय उनले २०२६ सालमा कम्युनिष्ट पार्टीकाे सदस्यता लिएका हुन् ।

झापाको सुरुङ्गास्थित कन्काई नदी किनारमा बसोबास गर्ने ओलीको परिवारको आर्थिक अवस्था राम्रो थिएन । डेढ वर्षकै उमेरमा आमा गुमाएकाले उनको बाल्यकाल पनि कष्टप्रद बन्यो । उनी सानै छँदा कन्काईमा आएको बाढीले घरजग्गा सबै बगाएको थियो ।

तेह्रथुम इवाकै प्रणाली माविमा ओलीले औपचारिक पढाइ सुरु गरेका थिए । पछि उनलाई झापा आन्दोलनका शहीद रामनाथ दाहालले आफ्नो घरमा राखेर पढाए । सानैदेखि चलाख र बोल्न तगडा ओलीबाट रामनाथ प्रभावित थिए । उनले नै ओलीलाई राजनीतिमा लाग्न प्रेरित गरेका हुन् ।

राजनीतिमा लागेपछि ओलीले पढाइलाई निरन्तरता दिन सकेनन् । यद्यपि अनौपचारिक अध्ययनलाई भने उनले जारी राखे । एसएलसी दिएपछि उनले गाउँकै प्राथमिक विद्यालयमा केही समय पढाएका थिए । स्रोत नेपाल प्रेस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.