Nepal's First Video FM

संसद विघटनको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला मान्य हुन्छ : उपप्रधानमन्त्री पोखरेल

390

काठमाडाैं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको बिषयमा सर्वोच्च अदालतले गरेको फैसला मान्य हुने बताएका छन्। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएका भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन।’

सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए। निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ।

You might also like

Comments are closed.