काडमाडौं – गायिका रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ सार्वजनिक भएको छ। उक्त गित डिएआर मुभिजको अफिसियल युटुब च्यान्नल मार्फत सार्वजनिक गरिएको हो।
गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य त्यस्तै सङ्गीत संयोजन विष्णु तामाङले गरेका हुन्। सो भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ।
माया प्रेममा आधारित उक्त गीतको भिडियोको छायाङ्कन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजकुमार मगरले गरेका छन्।

Comments are closed, but trackbacks and pingbacks are open.