Nepal's First Video FM

ह्वात्तै बढ्यो सुनको भाउ !

381

काठमाडौं , स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ। सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ।

तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ। तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ कायम भएको छ।

You might also like

Comments are closed.