Nepal's First Video FM

मोरङ उर्लाबारीको घट्ना – दाजु गुमाउनुको पीडा, आमालाई सम्झाउनुको दु:ख, बुबालाई फकाउनुको गार्हो मनोज गजुरेलले लेखे मन छुने स्टाटस !

430

काठमाडौं- मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला हत्याको बिषय लाई लियर वरिष्ठ हास्यकलाकार मनोज गजुरलले आफ्नो दाजुको शंकाष्पद मृत्यूपछि न्यायका लागि लडिरहेकी उर्लाबारीकी चेली सदीक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्वन्धित निकायसँग आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टटस लेख्दै सदिक्षाको प्रशंसाा गरेका हुन् । उनले एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् ।

-सामान्य बिषयलाई ‘भाईरल’ गराएर असामान्य बनाउने बिकृतीबिच तिम्रो ‘फेसबुक लाईभ’पनि त्यस्तै होला भन्ठानेको थिएँ तर म गलत रहेछु । मन, मुटु जाेडिएकाे सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बिरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु । सम्मान गर्न चाहान्छु ।

दाजु गुमाउनुको पीडा, आमालाई सम्झाउनुको दु:ख, बुबालाई फकाउनुको गार्हो, आफैंलाई सम्हाल्नुको अप्ठेरो ! यस्तो अवस्थामा तिमी कुन मनोदशाबाट गुज्रिरहेकी छ्यौ, म बुझ्न सक्छु ।


अमेरिकादेखी पढाइ छोडेर घर आएकी छ्यौ । आफ्नो सिङ्गो जीवन बाँकी छ तरपनि आफ्नो दाजुका लागि सबै छोडेर लडिरहेकी छ्यौ, यो सानोतिनो कुरा हैन । मलाई बिश्वास छ, साहस, संयम र धैर्यताका साथ परिस्थितिलाई काबुमा लिनेछ्यौ, दाजुको आत्मालाई शान्ती दिनेछ्यौ । पुत्र बियोगमा छटपटिएका बुबाआमालाई सात्वना दिएर आफ्नो करियरको बाटो पुन: सम्हाल्नेछ्यौ । तिम्रो साथमा उर्लाबारीका जनता सहित हामी छौँ ।

सत्य तथ्य के हो ? उर्लाबारीका, जनता जनप्रतिनिधी र जिल्ला प्रसासनले चाँडै
सार्वजानिक गरोस् । प्रशासनभित्र हुने र हुनसक्ने ढिलासुस्ती, गल्ती, कमजोरी र अपराधहरुको सूक्ष्म छानविन गरोस् ताकी आफ्नो साख बचोस् , जनविश्वासपनी फिर्ता आओस् !
सदिक्षा ! तिमीसँग दोहोरो परिचय नभएपनी भातृवियोगले मान्छे कति विक्षिप्त, आक्रोसित र प्रतिरोधी हुनसक्छ भन्ने कुरा तिम्रो बोलीभन्दा मन र आत्माले बोलिरहेको देखिन्छ । पीडा र आक्रोसको ज्वाला कति दन्की रहेको छ, त्यो पनि भावबाट पढ्न सकिन्छ । तिम्रो यो साहस धेरैलाई शिक्षा बन्न सकोस् ताकी

भोलि कहिँ कतैबाट यस्तो केसमा खेलवाड, ढिलासुस्ती र अन्याय गर्ने अाँट नगरोस् ।
अन्त्यमा, चाँडै सत्य तथ्य बाहिर आओस् । प्रविणको आत्माले न्याय पाओस् । बुबाआमालाई सात्वना मिलोस् । तिमीलाई सत्यबोध गर्ने साहस मिलोस् , पुनः आफ्नो अध्ययन र संसारमा फर्कने अाँट प्राप्त होस् । ….अनन्त आकासमा विचरण गरिरहेको तिम्रो दाजुको आत्माको आवाज पनि यही छ, सदिक्षा, Stay Strong and Keep Motivated . हरि ॐ तत्सत !

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.