काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि पनि बर्ड फ्लु संक्रमण देखिएको छ। संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए।
अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको र केहीबेरमा बिस्तृत जानकारी सार्वजनिक गरिने पनि प्रवक्ता ढकालले बताए। कुखुरापालक व्यवसायीहरु कमल गौतम, सरिता शाह, सम्झना ठकुरी तिवारी, अमृत थापा र शान्ता खनालको फर्ममा पालिएको बोइलर, लेयर्स र चल्लामा कुखुरा संक्रमण भेटिएको सापकोटाले बताए।
तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो।
Comments are closed.